टिमुरेमा चिनियाँ नागरिकको मृत्यु

शुक्रबार, मंसिर १३, २०७६



रसुवा । रसुवाको टिमुरेमा स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं–२ टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा सञ्चालनमा रहेको स्काभेटर दुर्घटना हुदाँ चालकको मृत्यु भएको हो ।

दुर्घटनामा स्काभेक्टर चालक चिनियाँ नागरिक ३६ वर्षीय छु छिङको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ । टिमुरेमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको लागि भोटेकोशी खोलाबाट ढुङ्गा निकाल्न खोज्दा स्काभेटर भासिएर दुर्घटना हुदाँ चालकलाई खोलाले बगाएको हो ।

खोलाले बगाएर लैजादै गरेको समयमा करिब ५ सय मिटर तलबाट चालकलाई उद्धार गरेपनि उनको घटनास्थलमै मृत्यु भएको रसुवा प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालले जानकारी दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata