“”

सातौँ राष्ट्रिय खेलमा स्केटबोर्डको भब्य प्रदर्शन

सोमवार, पुस ११, २०७३



बिराटनगर ।  राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिरत्नागर्को सहिद रंगशालामा नेपाल स्केटिंगतथा स्केटबोर्डिंग सङ्घद्वारा स्केटबोर्ड खेलको बृहत प्रदर्सनी खेलको आयोजना सफलतापपूर्बक भब्यताको साथ सम्पन्न गरेको छ ।

गतवर्ष राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको यस सघले नेपालमा स्केटबोर्ड खेलसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु स्केटबोर्ड खेलको आयोजना, रेफ्री कोर्स, खेलसंग सम्बन्धित सोलिडारिटी कोर्स, सभासमारोहहरु उत्साहजनक रुपमा आयोजना गर्दै आइरहेको छ ।

scating2
अन्तराष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक खेलमा स्केटबोर्ड खेललाई समाबेश गरेपछी नेपालले पनि स्केटबोर्ड खेलमा ओलम्पिकमा सहभागिताका लागि आवश्यक तयारी गरिरहेको संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

उनले ओलम्पिक खेलमा सहभागिता सम्बन्धमा नेपाल ओलम्पिक कमिटीसँग कुरा भैरहेको बताए । उक्त कार्यक्रममा संघका उपाध्यक्ष राजु केसी, महासचिब अजय खरेल, आर्थिक बिभाग प्रमुख भारत थापा लगायत सात जना खेलाडीहरु सन्दिप शाह ठकुरी, गीता तामांग, मिलन शाह ठकुरी, मनोज पाण्डे, राकेश  मगर, अनिश देउला र राजु नेपालीले खेल प्रदर्शन गरेका थिए ।

1150 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank