संयूक्त बिद्यार्थी संगठनद्वारा महानगरपालिकालाई ज्ञापनपत्र

मङ्लबार, चैत्र २७, २०७४



काठमाडौं । निजी विद्यालयले मनोमानी रुपमा रकम असुल्ने गरेको भन्दै संयूक्त विद्यार्थी संगठनहरुले काठमाडौं महानगरपालिका मेयर बिद्या सुन्दर शाक्यलार्ई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले माध्यामिक तह सम्मको शिक्षा निशुल्क भनेको भनेता पनि निजी विद्यालयहरुले अभिभावकको ढाड सक्ने गरि रकम असुल्ने गरेको प्रति सम्बन्धित निकायले कुनै पनि अनुगमन नगरेको आरोप लगाएका छन् ।  नेपालको संबिधान २०७२ को धारा ३१ को शिक्षा सम्बन्धी हकमा नागरिकहरलार्य आधारभूतह सम्मको हक हुने र प्रत्येक नागरिकलाई आधारभुत तह सम्मको शिक्षा अनिवार्य निशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निशुलक पाउने हक हुनेछ भन्ने कुरा ज्ञापन पत्रमा उल्लेख गरेका छन् । शिक्षा क्षेत्रमा भईरहेको मनोमानीलाई अनुगमन तथा नियमन गर्न समेत किकंकर्तब्यबिमुख प्रति गम्भिर ध्यान आकार्षण भएको जनाएको छ ।

नेपालको संबिधानको २०७२ को अनुसूची ८ मा उल्लेख गरे अनुसार आधारभुत र माध्यमिक शिक्षा स्थानिय तहको अधिकार सूचीमा राखेको भएता पनि महानगरपालिकाले अहिले सम्म निजी शिक्षण संस्थाले गरेको मनोमानी र चर्काे शुल्क असुल्ने कार्यमा पहल नगर्नु शिक्षा क्षेत्र प्रतिको उदासिनता रहेको उनीहरुको आरोप रहेको छ ।

ज्ञापनपत्रमा अनेरास्ववियुका अध्यक्ष नविना लामा , नेविसंघका अध्यक्ष ऐन महर, अखिल क्रान्तिकारी अध्यक्ष रञ्जीत तामाङले हस्ताक्षर गरेको ज्ञापनपत्रमा शिक्षा क्षेत्रमा देखिएका बिकृती तत्काल समाधान गर्न महानगरपालिकाले आनाकानी गरे कडा भन्दा कडा आन्दोलन गर्ने संयूक्त बिद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank