सडकमा सवारी गुडाइनसक्नु, शुल्क छोइनसक्नु

आइतवार, साउन ५, २०७६



भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना जारी गरेर शत प्रतिशत सवारी प्रयोग शुल्क वृद्धि गरे पनि सडकको दुरवस्था फेरिएको छैन । सर्वसाधारणको ढाड सेक्ने गरी सरकारले उपभोग शुल्क वृद्धि गरे पनि सडकको मर्मत सम्भार र गुणस्तर वृद्धिमा भने कम चासो छ ।

सरकारले कर उठाउन शुल्क वृद्धिमा ध्यान दिने तर सडकको उचित मर्मत सम्भार र सरसफाइमा चासो नदेखाउँदा सर्वसाधारणसमेत आक्रोशित बन्ने गरेका छन् । नेपालभर सार्वजनिक सडकको दुरवस्थाकै कारण दुर्घटनामा समेत वृद्धि हुने गरेको छ भने सहज रूपमा आवतजावत गर्न सर्वसाधारणले पाइरहेका छैनन् । सडकमा रहेका खाल्डाखुल्डी र धुलोधुवाँले सर्वसाधारण हैरानीमा छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले सडकको मर्मत सम्भार तथा गुणस्तरीय बनाउन सरकार निरन्तर रूपमा लागिरहेको बताए ।

‘सबै सडक नराम्रा छन् भन्ने हैन, राम्रा पनि छन्, राम्रो बन्दै पनि आएका छन्,’ उनले राजधानीसँग भने, ‘सडकको गुणस्तर बढाउन सरकार निरन्तर लाग्दै आएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata