काठमाडौं उपत्यकाबाट लकडाउन उलंघन गर्ने २६० सवारी नियन्त्रणमा

बिहिबार, जेष्ठ ८, २०७७



काठमाडौं । कोराना भाइरस महामारीका कारण नेपालमा गत चैत ११ गतेदेखी लकडाउन अपनाइएको छ ।  सरकारले अत्यावश्यक बाहेकका सवारी साधन चल्न रोक लगाएको छ ।

यसै क्रममा दिन प्रतिदिन केहि सवारी साधनहरुले लकडाउन उलंघन गरिहेका छन । बिहिबार बिहान सम्म लकडाउन उलंघन गर्ने २६० वटा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जस मध्ये २४४ दुई पाँग्रे र १६ वटा चार पाँग्रे सवारी रहेको मेट्राे ट्राफिक प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments