मृत्युको मुखमा पुग्दै गरेका बच्चालाई गाउँलेले बचाए

शुक्रबार, भदौ ८, २०७५



नयाँ दिल्ली । लगातार परिरहेको भारी वर्षाले राजस्थानको जनजिवन वाढीको चपेटामा परिररहेको थियो । पानीको निकास नभएका अन्डरपास बाटोमा यात्रा गर्नु करिव मृत्युसँग पौंठेजोरी खेल्ने समान बन्दै थियो ।

यस्तैमा राजस्थान दौसा जिल्लामा रहेको एक निजि स्कुल बस जगनेर गाउँको अन्डरपासबाट जादै थियो । बस भरी स्कुलका बालबालिकाहरु लिएर अन्डर पास हेलिएको बस अचानक डुब्न लाग्यो । बस चालकले चलाखी र धैर्यता पूर्वक बच्चाहरुलाई बसको छतमा चढाउन सफल भए ।
बच्चाहरुको ठुलो आवाजले गाउँलेको ध्यान खिच्न सफल हुँदा उचित समयमा घटना स्थलमा पुगेका गाउलेहरुले सम्पूर्ण बच्चाहरुलाई डोरीको सहायताले सकुशल उद्दार गर्दे मृत्युको मुखबाट बचाउन सफल भए ।

315 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank