साउदी विमानस्थलमा मिसाइल आक्रमण, २६ जना घाइते

बिहिबार, जेष्ठ ३०, २०७६



एजेन्सी । साउदी नेतृत्वको सैन्य गठबन्धनले बुधबार बिहान साउदी अरेबीयाको दक्षिणी भागको एक विमानस्थलमा मिसाइल आक्रमण भएकोछ । अभा विमानस्थलको आगमन कक्षमा भएको आक्रमणमा २६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्  । आक्रमणका कारण उल्लेख्य मात्रामा भौतिक क्षति पुगेको बताइएको छ ।

पश्चिमा शक्तिको समर्थन पाएको सुन्नी मुसलमानको गठबन्धनले इरानसमर्थित केही समयदेखि हुथी आन्दोलनविरुद्ध संघर्ष गरिरहेको छ । बिहानपख भएको ड्रोन आक्रमणलाई गठबन्धनले अन्तर–सीमा आतकंवादको संज्ञा दिएको छ ।गठबन्धनले जारी गरेको एउटा वक्तव्यमा आक्रमणपछि हुथीले इरानको समर्थन पाइरहेको प्रमाणीत भएको बताएको छ । ।

आक्रमणका कारण आठ जनालाई अस्पताल भर्ना गर्नु परेको भए पनि बाँकीलाई सोही स्थानमा उपचार गरिएको वक्तव्यमा भनिएको छ ।

हुथीद्वारा संचालित मसिरा टीभीले आफू सम्बद्ध फौजले अभा विमानस्थलमा ‘क्रुज मिसाइल’ आक्रमण भएको बताएको थियो । विमानस्थल यमनको सिमानाभन्दा २०० किमी उत्तरमा रहेको छ ।

विमानस्थल आन्तरिक र क्षेत्रीय रुटको रुपमा काम गर्दथ्यो । साउदी अरेबियाको नागरिक उड्यन निकायका अनुसार हवाई ट्राफिक सामान्य अवस्थामा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata