कोठा भाडा तिर्ने पैसा नहुँदा नातिको साथमा शौचालयको बास

सोमवार, फाल्गुन ६, २०७५



म्याग्दी । बेनी नगरपालिका-२ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काउदै पढाउदै आइरहेकी छिन् । सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्छा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्मेवारी आइपरेको हो । गत मंसिरदेखि बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगबिहीन शौचालय उनीहरुको घर बनेको छ ।

दुई वर्षदेखि हेरचाह:

कान्छा छोरा राजु दोस्रो बिहे गरेर बेखबर भएपछि नौ वर्षीय एनस र सात वर्षीय सिमसन, दुई नातिलाई दुई वर्षदेखि आफैँले हेर्ने गरेको जमुनाले बताइन् । बाबा र आमाले नै दोस्रो विवााह गरेर छोराहरुलाई अलपत्र पारेपछि नातिहरुको हुर्काइ पढाई आफ्नो काँधमा आएको उनको भनाई छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata