‘मेरो जीवन ईश्वरको वरदान’ – शताब्दी पुरुष जोशी

मङ्लबार, बैशाख ३१, २०७६



ललितपुर । अल्छी लाग्दा ढिलैसम्म सुत्ने र बिउँझिसकेर पनि ओछ्यानमै किताब पढ्ने बानी भएका शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार भने अलि चाँडै उठ्नुपर्यो । उमेरले शताब्दी चुम्ने दिन भएकाले उनले आँखा खुलेपछि केही बेर ओछ्यानमै रहेर जीवनबारे चिन्तन गरे ।

आफू ओछ्यानमा हुँदै शुभकामना दिन आउनेहरूको भीड लागिसकेका कारण उनले अरू दिनको तुलनामा चाँडै उठ्नुपरेको थियो । यसकारण आफ्नो जन्मोत्सव मनाउने ऐतिहासिक दिनको आरम्भ उनका लागि पहिलाभन्दा पृथक् बन्न पुग्यो ।

बिहान ६ बजेतिर सत्यमोहनको घरअगाडि आँगनमा उनीसहितका बूढापाकाले ‘नाम संंगीति भजन’ पाठ वाचन गरे । त्यसपछि उनले पाहुनाले सगुनका रूपमा ल्याइदिएका कोसेलीसँगै चिया पिए ।

त्यति बेलासम्म बिहानको ६ः३० बजिसकेको थियो । घरबाहिर उनलाई शुभकामना दिन आउने स्थानीय, आफन्तजन र अन्य शुभचिन्तकको भीड बढ्दै थियो । उपस्थित हुनेहरूले उनलाई पालैपालो शुभकामना दिँदै गए ।

करिब ८ बजेतिर राष्ट्रपति कार्यालयबाट आएका प्रेस सल्लाहकार माधव शर्मा र शिव भट्टराईले राष्ट्रपतिले पठाएको शुभकामना सन्देश पढेर सुनाए । ९ बज्दासम्म उनलाई शुभकामना दिन आउनेको लस्कर घटेको थिएन ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank