सत्य निरुपण तथा वेपत्ता छानविन आयोगमा सिफारिस ६१ जनाको नाम सार्वजनिक

पाँच दिन भित्र सूचिमा परेका ब्यक्तिहरुमाथि उजूरी दिन आव्हान

सोमवार, मंसिर २, २०७६



काठमाडौं । दन्दकालिन न्यायसँग सम्बन्धित आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले ६१ जनाको नामसूची सार्वजनिक गरेको छ ।  सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा दरखास्त दिनेहरुको सूचि समितिले सार्वजनिक गरेको हो ।

सूचिमा परेका ब्यक्तिहरुमाथि उजूरी दिनका लागि आयोगले पाँच दिनको समय दिएको छ । त्यसपछि नियुक्तीका लागि नम सिफारिस गर्ने समितिले जनाएको छ समितिले सूचि सार्वजनिक गरेर उजुरी आब्हान गरेपनि दुबै आयोगमा नियुक्त गर्ने ब्यक्तिका नाममा प्रमुख दलबीच सहमति भइसकेको छ ।

दलहरुको निर्णय अनुसार सत्य निरूपणमा नेपाल ल क्याम्पसका सहप्राध्यापक गणेशदत्त भट्टलाई अध्यक्ष नियुक्त गर्न र बेपत्ता छानबिन आयोगमा पुराना पाँचै आयुक्तलाई दोर्होयाउने सहमति छ । पुरानै पदाधिकारी दोहोरिन लागेकामा पीडितहरूले भने असन्तुष्टि जनाउदै आएका छन् ।

दुवै आयोग पदाधिकारीको म्याद चैत मसान्तमा सकिएको हो । म्याद सकिनुअघि नै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति सरकारले बनाएको थियो ।

हेर्नहाेस सिफारिस भएका व्यक्तीहरुकाे सूचीbepatta

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata