नेपाली साहित्यका चम्किला तारा- सत्य मोहन जोशी

आइतवार, साउन २०, २०७५

- विमल गिरी



नेपाली भाषा साहित्यमा खासगरी आफ्नो पूर्ण परिचय प्राप्त गर्नको लागि आफ्नो सांस्कृतिक पहिचान, भाषा र रीतिथिति अङ्गीकार गरेको हुनु पर्छ भनेर प्रष्टसँग बोल्नु हुने स्वाभिमानी, भाषा साहित्य र कला संस्कृतीबीद को नाम हो डा. सत्य मोहन जोशी । उहाँको योगदान र विशेषता अध्ययन, अनुसन्धान र प्रकाशनमा थुप्रै अध्यायताहरु र लेखकहरु लागिरहेका छन् ।bimal giri

वि.स.२०१३ सालमा ”हाम्रो लोक संस्कृति” मा पहिलो मदन पुरस्कार प्राप्त गर्नु भै अब गाउ, घर, सभ्यता र संस्कृतिका अलिखित घटना र सन्दर्भहरु प्रकासमा ल्याउनुमा नै आफ्नो कार्यक्षेत्र ठानी सन्तोषको सास फेर्दे नेपालको इतिहासमा तीन पटकसम्म मदन पुरस्कार प्राप्त गरि आफ्नो नाम रच्न सफल हुने बरिष्ठ साहित्यकार हुनुहुन्छ सत्य मोहन जोशी । जीवन प्रतिको सकारात्मक सोच माथि आफ्नो निडर,स्पष्ट वक्ता र हक्की स्वर बोल्न समर्थ राख्ने नेपाली साहित्यका अमुल्यनिधी हुनुहुन्छ सत्य मोहन जोशी । नेपाली भादगाउँले टोपी,पुरानै शैलीको दौरा सुरुवाल्र र कोटमा आफ्नो पहिचान देखाउन सफल हुनु भएको सत्य मोहन जोशीको आज भन्दा करिब पाँच बीस पुग्न लाग्नु भएका ललितपुरको बखुबहालमा वि.स. १९७७ साल बैसाख २० गते जन्म भएको हो । पिता शंकरराज जोशी र माता राजकुमारी जोशीको पहिलो सन्तानको रुपमा जन्मनु भएको जोशीको पाँच बर्षहुँदा सम्म पनि बोलि नफुटेर उहाँका माता पिताले बिभिन्न देउदेउताको शरणमा गएपछी बिस्तारै बोल्न थाल्नु भएको थियो भन्ने भनाइ छ ।

आफ्ना कलेजको पढाई सकेर थोरै तलबमा अरुकै सहयोगबाट काठमाडौं तथा बिभिन्न ठाउमा काम गर्दै पछी आफ्नो कार्य क्षेत्र अन्तर्गत तनहुँ जानु भयो । उहाँले भर्खर बिबाह गर्नु भएको थियो र कहिले पनि उहाँ उपत्यका बाहिर नजानु भएकोले पहिलो पटक उहाँलाई उपत्यका बाहिर गएर काम गर्दा उहाँलाई शुरु शुरुमा निक्कै गाह्रो, अप्ठेरो र बिरक्त लागेको थियो । नचिनेको ठाउ,सबै नयाँ अनुहार देख्दा बिरक्त लाग्नु स्वभाविक नै थियो । पछी रहदै बस्दै जादा पछी गाउले भाका, रोदी, दोहरी र बालनमा आफ्नो मन रम्न थाल्यो । बिस्तारै त्यहाँका परिस्थिती टपक्कै टिपेर गाउका दिदी बहिनीहरुले गाउले लोकभाकालाई लिपिबद्ध गरेर २००३ सालमा शारदा पत्रिकामा प्रकाशित गर्नु भयो ।
पछी आफुले लेखेका बिभिन्न पाण्डु लिपिहरुलाई काँटछाँट गरेर “हाम्रो लोक संस्कृति” नामको पाण्डुलिपि तयार पार्नु भयो र सोही पाण्डु लिपिलाई २०१३ सालमा स्थापना भएको मदन पुरस्कारले पहिलो पुरस्कार यसै पाण्डुलिपिलाई दिएर उहाँ नेपालको इतिहासमा मदन पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्तिको रुपमा स्थापित हुनुभयो ।

वि‍.स. २०१५ सालमा निर्बाचित सरकारको पालामा स्थापना भएको “पुरातत्व र संस्कृति विभाग”को उहाँ पहिलो निर्देशक बन्नु भयो र उहाँले त्यस विभागमा रहदा २०१६ सालमा राष्ट्रिय नाचघरको जग्गा १३ लाख ७ हजारमा खरिद गरेर नाचघरको नामाकरण गरि स्थापना गर्नु भयो । उहाँले त्यस समयमा पाटन पुरातात्विक बगैचा, भक्तपुर कला संग्रहालय, पुरातत्व संग्रहालय तौलिहवाको स्थापना गर्नुभो भने राजा मानदेवदेखि राजा महेन्द्रसम्मको नेपाली मुद्राको सफल प्रदर्शनी समेत गर्नु भयो ।

२०१६ सालमा नेपालको पाचौं शताब्दी देखि बिसौ शताब्दीसम्मको मुद्राको बिस्तृत विवरण सहितको “राष्ट्रिय नेपाली मुद्रा” नामक पुस्तक प्रकाशित गर्नु भयो सोहि पुस्तकले २०१७ सालको मदन पुरस्कार प्राप्त गर्यो र उहाँले यो दोस्रो पटक मदन पुरस्कार प्राप्त गर्नु भएको थियो ।
२०१७ सालमा उहाँले रत्न पुस्तक भण्डार बाट “नेपाली बर्णमाला” प्रकाशित गर्नु भयो र सो पुस्तक धेरै लोकप्रिय भएर चौथो सस्करणसम्म निकाल्नु परेको थियो । २०१९ सालमा चिनिया सरकारको सहयोगमा चिनिया जनतालाई नेपाली भाषा सिकाउनु पर्ने कार्यक्रमका लागि आबेदन माग भएकोमा उहाँनै छानिनु भै चार बर्षसम्मको लागी चीन प्रस्थान गर्नु भयो ।

नेपालsatya mohan joshi  राजकीय प्रज्ञा प्रतिस्ठानको कुलपतिमा केदार मान व्यथित हुनु भएको समयमा उहाँलाई सह सदस्यमा मनोनित गरिएको थियो । नेपाल राजकीय प्रज्ञा प्रतिस्थान आबद्ध भए पछी नेपाली भाषा, साहित्यको विकासको लागि केहि ठोस कार्य गर्ने जमर्को गर्नु भयो । त्यसैको फलस्वरूप नेपाली भाषाको उद्गम स्थल कर्णाली अञ्चलको सिंजा उपत्यका गएर त्यहाको भाषिक, सांस्कृतिक, भौगोलिक, सामाजिक र जातीय अध्ययन गरि कर्णाली सिंजा उपत्यकामा नेपाली भाषाको उत्खनन सम्बन्धि बिस्तृत अध्ययन गर्न एउटा टोलिको गठन गर्नु भयो । सो टोलीमा स्थिर जंग बहादुर सिंह, बिहारी कृष्ण श्रेष्ठ, चुडामणि बन्धु र प्रदिप रिमाल थिए ।

थुप्रै अथक परिश्रम र मिहिनेतले त्यस टोलीले पाँच खण्डको एक ग्रन्थ तयार पारेर सो ग्रन्थलाई “कर्णाली लोक संस्कृति” नामाकरण गरियो । सोही ग्रन्थले पनि २०२८ सालको मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो । यो पुरस्कार समेत गरि उहाँ तेस्रो पटक मदन पुरस्कारबाट पुरस्कृत हुनु भयो ।

सुर्य विक्रम ज्ञवाली २०३० सालमा कुलपति भए पछी उहा प्रतिस्ठानको सदस्य सचिबमा मनोनित हुनुभए लगत्तै नेपाली नाटकको विकास गर्नको लागि फर्केर हेर्दा, सपना ब्युउझन्छ , जब घाम लाग्छको सफल नाटक मञ्चन मात्र गर्नु भएन दार्जीलिंगको चर्चित नाटक मन बहादुर मुखियाको “अनि देउराली रुन्छ” जस्ता कर्णप्रिय नाटकहरु जनमानसमा प्रस्तुत गर्नुभयो र बिस्तारै नाटकको विकासको साथसाथै धेरै आर्थिकलाभ पनि प्रतिष्ठानले प्राप्त गर्यो ।

२०३६ सालमा पून भाषा प्राद्यापनको लागि चिन २ वर्षका लागि प्रस्तान गर्नुभयो र सोही समयमा नेपालका प्रख्यात कलाकार अरनिकोको बारेमा ब्रिस्तित अध्ययन गर्नु भयो र फलस्वरूप उहाँले “कलाकार अरनिको” नामक अनुसन्धानमुलक कृति नेपाली भाषा र नेपाल भाषामा सहित प्रकाशित गर्नु भयो । उहाँले नेपाल भाषा मा लेख्नु भएको अर्को पुस्तक “जय प्रकाश” ले नेपाल भाषाको प्रसिद्ध पुरस्कार “श्रेष्ठ सिरपा” पुरस्कार प्राप्त गर्नुभएको थियो । चिनबाट नेपाल २०३८ सालमा फर्किए पछी उहाले त्रिभुबन विश्व बिद्यालय केन्द्रिय विभागमा नेपाल भाषाको प्राध्यापन गर्न थाल्नु भयो । यो उमेरमा पनि उहाँ ऐले बिभिन्न संघ सस्थामा आबद्ध हुनुहुन्छ ।

जस्तै नेपाल भाषा प्रतिस्ठान, किर्तिपुरको अध्यक्ष, नेपाल म्युजिक सेन्टर गौशाला र नेपाल आर्ट काउन्सिलको पनी अध्यक्ष हुनुहुन्छ । उहाँको अमुल्य सिर्जनाहरुमा बाघ भैरब, मृत्यु एक प्रश्न, सिपाही र रैती, दैलाको बत्ती,गुलाब र गुराँस, पुरातत्व एक रोचक कथा, नेपाली लोक गीत एक अध्ययन, नेपाली धातुमूर्ति बिकास क्रम, नेपाली चाड पर्बजस्ता अनेकौ पुस्तकहरु प्रकाशित छन ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनले तीन पटक सम्म मदन पुरस्कार जित्न सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

387 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank