सात प्रदेशमध्ये प्रदेश नं ७ मा सबैभन्दा धेरै जंगल

आइतवार, बैशाख ३०, २०७५



काठमाडौँ ।
नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं ७ मा छ ।

वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ ।

सबैभन्दा थोरै प्रदेश नं २ मा नौ लाख ५८ हजार ९७० हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६३ हजार ६३० हेक्टर २७ .४९ प्रतिशत जंगल छ ।

यसैगरी प्रदेश नं४४ प्रतिशत, प्रदेश नं ३ मा २० लाख ३० हजार ३०० हेक्टर क्षेत्रफलमध्ये १० लाख ९० हजार ८८० हेक्टर ५ं३.७३ प्रतिशत, प्रदेश नं ४ मा २१ लाख ९५ हजार ८८० हेक्टर क्षेत्रफलमध्ये आठ लाख १७ हजार २९० हेक्टर ३७.२२ प्रतिशत जंगल छ ।

प्रदेश नं ५ मा १९ लाख ३२ हजार ६० हेक्टर क्षेत्रफलमध्ये नौ लाख ७४ हजार ३८० ५०.४३ प्रतिशत र प्रदेश नं ६ मा ३० लाख ६७ हजार ८१० क्षेत्रफलमध्ये ११ लाख ८३ हजार ४०० ३८.५७ प्रतिशत जंगल छ ।

विभागका सूचना अधिकारी किरण पोखरेलले सन् २०१० देखि २०१४ मा देशभर विभागले गरेको अध्ययनलाई आधार मानेर प्रदेशअनुसार वनको क्षेत्रफल निकालिएको बताए । “देशभरका हरेक स्थानीय तहमा कति वन छ भन्नेबारे पनि विभागले अध्ययन गरिरहेको उनले बताए।

स्थानीय तहअनुसार वनलाई छुट्याएपछि ती तहलाई वनसम्बन्धी योजना बनाउन सहज हुने उनको भनाइ थियो ।

282 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank