कांग्रेसले दर्ता गरायो रोजगारीका सवालमा सार्वजनिक महत्वको प्रस्ताव

बुधबार, जेष्ठ २२, २०७६



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैदेशिक रोजगारीका सवालमा संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । मलेसियाको वैदेशिक रोजगारी स्थगित भएसँगै लाखौं नेपाली त्यहाँ जानबाट वञ्चित भएका बेला कांग्रेसले उक्त प्रस्ताव दर्ता गराएको हो ।

कांग्रेस सांसद डा. डिला संग्रौलाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेका हुन् ।  उक्त प्रस्तावमा सांसद रामबहादुर विष्ट र देवप्रसाद तिमल्सिनाले समर्थन गरेका थिए ।

सांसद संग्रौलाले वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसंगति हटाई वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्या्दित बनाउन संसद्मा सार्वजनिक महत्ववको प्रस्ताव दर्ता गरेको जनाए ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित  छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank