सरस्वती चौधरी महिला भलिबल लिगमा आबद्ध

आइतवार, मंसिर २९, २०७६



काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सरस्वती चौधरी माल्दिभ्सको महिला भलिबल लिगमा आबद्ध भएकी छन् । प्रतिभा माली आबद्ध भएको केहीदिनमा सरस्वती पनि माल्दिभ्सको महिला भलिबल लिगमा आबद्ध भएकी हुन् । सरस्वती लिग खेल्न हिजो(शनिबार) माल्दिभ्स गएकी छन् ।

विभागीय टिम एपीएफबाट खेल्दै आएकी सरस्वतीले हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा महिला भलिबललाई रजत स्थानमा पुयाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उनले माल्दिभ्सको लोरेन्जो क्लबबाट खेल्दा प्रतिभा त्यहाँको पुलिस क्लबबाट खेल्ने छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments