कञ्चनपुरका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र स्थापना गरिने

आइतवार, मंसिर २, २०७५

- हरिश चन्द्र बाग



 कञ्चनपुर। कञ्चनपुरका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सर्पदंश उपचार केन्द्र स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी, बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र बेलडांडी र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र महाकालीमा सर्पदंश उपचार केन्द्रका लागि पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले कञ्चनपुरका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार सेवा तथा व्यवस्थापन शीर्षकमा जम्मा १५ लाख रकम विनियोजन गरेको र अब छिट्टै कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।

कञ्चनपुरको बेलौरीमा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि गत महिना बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, अौद्योगिक, व्यापार मेलामा बिक्री भएका टिकटबाट प्रति टिकट रू १ का दरले सहयोग गर्ने बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank