प्रदेश २ को सभामुखमा राजपाका यादव निर्विरोध

मङ्लबार, फाल्गुन १, २०७४



धनुषा । प्रदेश २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि मंगलबार भएको निर्वाचनमा उनको एकल उम्मेदवारी परेको थियो । उनी निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ ।

यादव राष्ट्रिय जनता पार्टीबाट बारा १ (ख) मा विजयी भएका थिए । संघीय समाजवादी फोरम र राजपाबीच राजपालाई सभामुख दिने सहमति भएको थियो । उनीहरुको सिट क्रमशः २९ र २५ छ। प्रदेश २ मा कुल १ सय ७ सांसद् छन् ।

94 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank