संवैधानिक व्यवस्थालाई सरकारले अतिक्रमण गर्न खोज्योः सुशीला कार्की

मङ्लबार, असार १९, २०७५



काठमाडौँ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले सामन्तवादी चरित्र देखाएको आरोप लगाउनु भएको छ । डा. गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गको हितमा आफ्नो अडान राखेका डा. केसीलाई सरकारले बेवास्ता गर्नु गलत भएको टिप्पणी गरेकी हुन ।

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकार शोषक सामन्तीको लाइनमा गएको भन्दै सरकारमा गएपछि जोसुकै पक्षले पनि शोषक समूहलाई सहयोग गर्ने परिपाटी बसेकोमा चिन्ता जाहेर गरेकी हुन् । प्रतिपक्षमा रहँदा सुशासन र पारदर्शिताका कुरा गरेर नथाक्ने नेताहरु नै सत्तामा पुगेपछि निरंकुश बनेको उदाहरण पेस गर्दै उनले संविधानमै भएको व्यवस्थालाई सरकारले अतिक्रमण गर्न खोजेको टिप्पणी गरेकी हुन् ।

अर्को प्रंसगमा उनले ५ वर्षदेखि एउटा महिलाले न्यायको याचना गरिरहेको अवस्थामा गंगामायाको माग सम्बोधन नहुनु दुखद् भएको बताईन । गंगामायाको स्वास्थ्य तलमाथि भयो भने देशका नाममा त्यो ठूलो कलंक हुने उनको भनाइ थियो ।

चिकित्सा शिक्षा आयोगका तत्कालीन संयोजक केदारभक्त माथेमाले नेपालको स्वास्थ्य सेवा विपन्नको पहुँचमा पुर्‍याउन मेडिकल शिक्षामा सरकारी लगानी हुनुपर्ने बताईन ।

आफूले प्रतिवेदनमा समेत त्यही विषयलाई जोड दिएपनि सरकार उल्टो बाटोमा हिँड्ने प्रयास गरेको उनको टिप्पणी थियो ।

अधिवक्ता ओम अर्यालले सरकारले अध्यादेशमा भएका सुधारका काम कारबाहीहरुलाई खारेज गरेर व्यापारी र व्यवसायीहरुको पक्षपोषण गरेको आरोप लगाए ।

माफियाको माग अनुकूल हुने गरी हालको प्रतिस्थापन विधेयक आएको भन्दै उनले एमबीबीएस र एमडीका कार्यक्रम मात्रै चिकित्सा शिक्षा आयोगमा राखेर बाँकीका हकमा मन्त्रालयभित्रै चलखेल गर्न खोजेको आरोप लगाएका हुन् ।

189 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank