कविता-सरकार कहाँ छ ?

बुधबार, पुस १८, २०७५

- राकेश कार्की (लस एन्जेलस)  



सरकार जुम्रा मार्न बनेको भए

कति जुम्रा शहीद भइसक्थे

कमसल भत्किएको पिच

रोडा र ढुंगा भएर

चिप्लिएर

कोचाम कोच बसबाट गुल्टिएर

स्वर्गबास भइसक्थे

 

तर सरकार

देश विकास गर्न बनेको हो

त्यसैले त सरकार

व्यस्त छ

हरेक अफिस र मंत्रालयको

भित्तामा झुण्डिएको नामको पछाडि

“व्यस्त” लेखि नै रहेको देखिन्छ

 

सबैले “सरकार कहाँ छ ?”

भनेको सुने

पत्रपत्रिकामा लेखेको देखेँ

बोले कसैले सुन्दैनथे

त्यसैले सुन्नेमात्र बानी परेकोले

ध्यान दिएर भाषण सुनेँ

थाहा पाएँ

सोध्नु पर्ने रहेछ

 

अनि पालैपालो

मजदुरलाई सोधेँ

श्रमजीविलाई सोधेँ

दु:ख पाएका गरिबलाई सोधेँ

“सरकार कहाँ छ?”

 

जवाफ पाएँ

जुन सरले कार चढ्छन्

उनैसंग होला

 

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank