वर्तमान सरकार जनमुखी हुनुपर्छः डा रिजाल

मङ्लबार, साउन १५, २०७५



विराटनगर ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य डा मीनेन्द्र रिजालले जनताको मतबाट बनेको वर्तमान सरकार जनमुखी हुनुपर्ने बताएका छन ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति मोरङद्वारा मंगलबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई विकास तथा गरिबी न्यूनीकरणका योजना ल्याउन सुझाव दिए ।

सोही अवसरमा काँग्रेसका केन्द्रीय सदस्यत्रय अमृत अर्याल, डिला संग्रौला र हसन अन्सारीले जनता महँगीका मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

स्थानीय वीरेन्द्र सभागृहबाट निस्किएको विरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै महेन्द्र चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

115 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank