सरिता गिरीलाई सांसदबाट पद मुक्त गर्ने, साधारण सदस्य समेत नरहने गरि कार्बाही गरिदैं

सोमवार, असार १, २०७७



काठमाडौं । जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई सांसद पदबाट निलम्बन हुने गरि हटाउँदैछ ।  पार्टीको निर्देशन विपरित काम कार्बाही गरेको भन्दै समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदबाट हटाउने गरि कार्बाही गर्न लागेको हो ।

पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाइने र सांसद पद स्वतः निलम्वनको जानकारी संसदलाई गराइने समाजवादी पार्टीले जनाएको छ ।

गिरिले पार्टीकाे निर्देशन विपरित संघीय संसदमा नेपालको संविधान संशोधन खारेजीको माग गर्दै विधेयक प्रस्ताव गरेकि थिइन । पार्टीले तत्काल विधेयक फिर्ता नलिए कार्बाही गर्ने चेतावनी सहित विज्ञप्ति जारी गरेको थियो ।

तर पार्टीको निर्देशन दिँदा पनि गिरीले अटेरी गरेको भन्दै उनलाई पदमुक्त हुने गरि कार्बाही प्रक्रिया अघि बढाइएको समाजवादी पार्टीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments