यी कस्ती आमा ? जसले ६ वर्षीय छोरालाई आइरनले डामिन्

बिहिबार, चैत्र १५, २०७४



विराटनगर ।  विराटनगर महानगरपालिका–३ की सरला पौडेल काफ्लेले आफ्नै ६ वर्षीय छोरालाई आइरनले डामेकी छिन् । सरलाले छोरा सवनमलाई मंगलबार बिहान आइरनले डामेर गम्भीर घाइते बनाएकी थिइन् । उनको विराट नर्सिङ होममा उपचार भएको छ ।

६ वर्षीय छोरालाई आइरनले डामेर अमानवीय यातना दिएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–३ की सरलालाई पक्राउ गरेको छ । उनीविरुद्ध बुधबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

मोरङका एसपी अरुण बिसीका अनुसार मंगलबार बिहान पढ्न नमानेको भन्दै सरलाले छोरालाई आइरनले डामेर चरम यातना दिएकी थिइन् । घाइते छोरालाई उपचार गराउनुको साटो उनले उल्टै विद्यालय पठाएकी थिइन् ।

सवनम घाइते भएको उनको विद्यालय अन्नपूर्ण बोर्डिङ स्कुलका शिक्षकले पत्ता लगाएका थिए । बच्चा इन्तु न चिन्तु अवस्थामा देखेपछि उनीहरूले सोधपुछ गरेका थिए ।

विद्यालयले नै बाबु विक्रमलाई खबर गरेको थियो । उनी काठमाडौं बस्दै आएका छन् । उनको श्रीमती सरलासँग राम्रो सम्बन्ध छैन । उनीहरूको सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ ।

195 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank