निर्माण व्यवसायी गौचन हत्याका मुख्य तीन आरोपी पक्राउ

सोमवार, कार्तिक १२, २०७५



काठमाडौं । तत्कालिन निर्माण व्यवसायी महास‌घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संग्लग्न मुख्य आरोपी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाकाे टाेलीले व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य आरोपीत अम्बर राना ,रोशा बुढाथोकी र लोप्साङलामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाका अभियूक्तहरुलार्इ पत्रकार सम्मेलन मार्फत अपराध महाशाखाले सार्वजनिक गरेकाे छ । अभियूक्त तीनै जनाले घटना स्विकार गरेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका उनीहरुलार्इ भाेली नै अदालतमा पेश गर्ने र घटनाकाे बारेमा  अनुसन्धान भइरहेकाे जनाएकाे छ । दाेषीलार्इ काकडभिट्टाकाे छेउछाउबाट पक्राउ गरेकाे जनाएकाे छ ।

गाैचनकाे गत  असाेज २३ गते बानेश्वरकाे शान्ती नगर गेट स्थीत ठुलाे खरिबाेटमा  दिउँसै गोली हानी हत्या भएको थियो।

117 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank