एसिया कप छनोटका लागि प्रारम्भिक टोली घोषणा, शरद किन बाहिरिए ?

बिहिबार, साउन २४, २०७५



काठमाडौँ । एसिसी एसिया कप छनोट प्रतियोगिताका लागि नेपालले १९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १९ सदस्यीय टोली घोषणा गरेको हो।

नेदरल्यान्ड्स विरुद्धको एकदिवसीय सिरिजमा टोलीमा नरहेका सुनील धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र किशोर महतो टोलीमा परेका छन् । दाहिने हातको औंलामा चोट लागेका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर भने बाहिरिएका छन् ।

नेपाली टोलीको बन्द प्रशिक्षण साउन २९ बाट सुरु हुनेछ। क्याम्पबाट एसिया कप छनोट खेल्ने १५ सदस्यी टोली घोषणा गरिनेछ।

मलेसियामा आगामी भदौ ११ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ। छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ। नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन्। त्यसैले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ।

छनोट टोली
पारस खड्का कप्तान, अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, सागर पुन, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनील धमला, सुसन भारी ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments