मजदुर दिवसको अवसरमा सप्तरङ्गीको रचना वाचन सम्पन्न

बिहिबार, बैशाख १९, २०७६



काठमाडौं । अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर सप्तरंगी साहित्य समाजले रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । सप्तरंगी साहित्य समाज नेपालको दसौं शृङ्खला अन्तर्गत विशेष रचना वाचन कार्यक्रम नेपाल ल क्याम्पस भृकुटीमण्डपमा सम्पन्न भएको हो।

साहित्यको सम्मान ,कलाको पहिचान ,सप्तरङ्गी अभियान मुल नाराका साथ शुरु भएको कार्यक्रममा विभिन्न साहित्य विधाका सर्जकहरुको सहभागीता रहेको संसथाका अध्यक्ष सागर भट्टले बताए । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा वि.स. २०२१ सालमा मदन पुरस्कार विजेता मुकुन्द शरण उपाध्यायको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा विशिस्ट अतिथी वरिष्ठ गजलकार एवं पूर्वीय भाषा विभाग प्रमुख आदरणीय श्री डा. घनश्याम न्यौपाने (परिश्रमी) , नेपाल कला संस्कृति प्रतिष्ठान परिषद पूर्व प्रज्ञा सदस्य एवम् गायक यज्ञराज उपाध्याय , वरिष्ठ अनुवादक आदरणीय हरिभक्त सिग्देल (महेश) , वरिस्ठ मुक्तककार एवं नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने , साहित्यकार तथा नेपाल साहित्य युकेका सह-अध्यक्ष आदरणीय डा. गोपाल पौडेल ,अधिवक्ता जनकसिंह साउद लगायतका साहित्यकारको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा ८० जना साहित्यिक अनुरागी मनहरुले आफ्नो रचना बाचन गरेको सप्तरंगी साहित्य समाजले जनाएको छ ।

सस्थाको बिशिष्ठ सदस्यता नुवाकोटका साहित्यकार भगवती खनाल सुनाखरीलाई हस्तान्तरण गरिएको छ। विशेष समारोहमै सस्थाका संरक्षण ,सस्थाका सल्लाहकार टिम र कानुनी सल्लाहकार घोषणा गरिएको थियो। सस्थाको बार्षिक उत्सव प्रत्येक बर्षको फागुन ७ गते सार्बजनिक गरिने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata