बँदेलको आक्रमणमा परि एक महिलाको मृत्यु

आइतवार, मंसिर २९, २०७६



राजविराज । सप्तरीमा बँदेलको आक्रमणमा परि एक जना महिलाको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका ६ निवासी मिना सदाकी पत्नि ३५ वर्षीया सीतादेवी सदाको बँदेलको आक्रमणबाट मृत्यु भएको हो।

सदालाई नजिकै रहेको जंगलमा खर काटने क्रममा सदालाई अचानक बँदेलले आक्रमण गरेको थियो। उनको घाँटीमा गम्भीर चोट लागेसँगै स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments