सभामुखले लिए सपथ,मानव अधिकारवादी पक्राउ

सोमवार, माघ १३, २०७६



काठमाडौं । नव निर्वाचित सभामुख अग्नी प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन ।  सोमबार नबनिर्वाचित सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी सामू पद तथा गोपनियताको सपथ लिएका हुन ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुकाे उपस्थिती रहेकाे थियाे ।

सभामुखको सपथ ग्रहणको विरोधमा राष्ट्रपति भवन अगाडि प्रदर्शनमा बसेका १२ मानव अधिकारवादी पक्राउ परेका छन । हत्या अभियोग लागेका व्यक्तीलाई सभामुख बनाएको भन्दै प्रर्दशनमा रहेका मानव अधिकारवादी चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, जनक राउत, एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकी, शंकर राजन कुइँकेलसहित १२ जना पक्राउ परेका हुन । उनीहरुलाई केहि समय पछि छाेडिने प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments