“”

देशको माया (गजल)

बुधबार, फाल्गुन ३०, २०७४

- सानु पौडेल



मेरो मातृभूमीको यादले मुटु रेटेर रोएँ
देश बचाउन सक्ने सपूत नभेटेर रोएँ !!

‍‍‍‍‍‍‍‍‍‍‍‍……………………………………………….

गिद्धले सिनो लुछे जस्तै लुछ्दैछन् रे !!
उनको कारुणी चीत्कार समेटेर रोएँ !

‍‍‍‍‍‍‍‍‍‍‍‍……………………………………………….

बेलुका सुत्दा नेपालको विहान अन्तैको !
खबर सुन्न र पढ्न नसकि पेपर चेतेर रोएँ

‍‍‍‍‍‍‍‍‍‍‍‍……………………………………………….

आफ्नै आमाको कोखबाट छुट्याएर बैरीले !
निरीह बनाई अधिकार खोसी लखेटेर रोएँ

‍‍‍‍‍‍‍‍‍‍‍‍……………………………………………….

म नेपाली हुँ प्रदेशमा दु:ख संग लडेपनि !
देश बेच्ने दलालीहरुले पहिचान मेटेर रोएँ

263 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank