बाल्यकाल को कहानी हरायो

शनिबार, बैशाख १५, २०७५

- सानू पाैडेल



जसो गाउँ छोडेपछि हाँस्ने खेल्ने बानी हरायो

यस्तो लाग्छ नि माहुरिको घारबाट रानी हरायो

‍‍‍……………………………………………………..

गुच्चा खेल्दै,चरा मार्दै ढुङ्गामा चिप्लेटि खेलेको
त्यो मेरो बाल्यकालको रमाईलो कहानी हरायो

‍‍‍……………………………………………………..

अरबको मरुभूमिमा चर्को गर्मी सँग जुझ्दाखेरि
यस्तो लाग्छ साहेद सितल दिने बिहानी हरायो

‍‍‍……………………………………………………..

भोक र तिर्खाले ओठ मुख कलेटि परेर सुक्दा !
मेरि आमाले दिएको त्यो मायाको खानी हरायो

‍‍‍……………………………………………………..

यस्तो चाहियो उस्तो चाहियो भनेर सताउथेँ सधैँ
प्रदेश को दुखले खारिएर होला नादानी हरायो !!

186 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank