सिरिन्ज आक्रमणकारी कार्कीलाई अदालतले छोड्यो, प्रहरीले पुन: समात्यो

बिहिबार, साउन ९, २०७६



काठमाडौं । महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ परेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।

गत असर १२ गते महिलामाथि अपमाजनक व्यवहार गरेको आरोपमा समातिएका कार्की  ३ लाख धरौटीमा छुटेका मात्रै थिए,  प्रहरीले फेरि उनलाई पक्राउ परेको छ । अभद्र व्यवहार गरेको मुद्दामा महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

महाराजगञ्जमा फास्टफुड चलाउँदै आएका कार्कीले रेस्टुरेन्ट बन्द गरेर फर्कने क्रममा सोह्रखुट्टे, टंकेश्वर, डल्लु लगायतका क्षेत्रमा महिलामाथि ढलान किल्लाले घोच्ने गरेको स्वीकार गरेका थिए। प्रहरीमा उनले आफूले रमाइलोको लागि महिलामाथि ढलान किल्लाले घोच्ने गरेको बयान समेत दिएका थिए ।

महिलामाथि यसरी आक्रमण हुँदा काठमाडौं उपत्यकामा सिरिज आक्रमणको त्रास फैलिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments