शान्ति सम्झौताको १३ वर्ष पूरा, ६५ हजार पीडित अझै न्यायको पर्खाइमा

बिहिबार, मंसिर ५, २०७६



काठमाडौं । दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्व अन्त्यका लागि तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १३ वर्ष पूरा भएको छ । तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्वमा नेपालमा २०५२ साल देखी द्वन्द भएको थियो । विभिन्न ४१ बुँदे माग सहित सशस्त्र आन्दोलनमा उत्रेको माओवादी द्वन्दका कारण देशमा १७ हजार बढीले ज्यान गुमाएका थिए । साथै कयौं अंगभंग बने भने कयौं घाइते र वेपत्ता पारिए ।

द्वन्द व्यवस्थापना लागि तत्कालिन सरकार, सात दल सहित विद्रोही माओवादसँग १२ बुँदे समझारी, ८ बुँदे सहमति भएको थियो । सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २०६३ मंसिर ५ गते अर्थात आजकै दिन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताको १३ बर्ष पूरा भएपनि सो अनुसारका काम भने अझै हुन सकेका छैनन् । सम्झौता अनुसार गठन भएका बेपत्ता पारिएका व्यक्ति खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग पदाधिकारी विहीन छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेका ६३ हजार भन्दा धैरै उजुरीको सुनुवाइ हुन सकेको छैन ।  बेपत्ता छानविन आयोगमा परेका उजुरीको पनि किनारा लाग्न सकेको छैन । आयोगले प्रभावकारी काम गर्न नसक्दा ६५ हजार पीडित अझै न्यायको पर्खाइमा छन् । हाल तत्कालिन विद्रोही माओवादीको नेतृत्व गरेका प्रचण्ड शक्तिशाली सत्तारुढ दल नेकपाका कार्यकरी अध्यक्ष बनेको भए पनि द्वन्द पीडितले न्याय नपाउनु दुखद भएको पीडितहरुको गुनासो रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata