सत्ता पक्ष र प्रतिपक्षबीच भिडन्त, प्रचण्ड र देउवाबीच पनि कुरा मिलेन

loading...

मङ्लबार, पुस २६, २०७३

- भगवान खड्का



संसदीय समितिको नेतृत्व चयन, चुनाव स्थगित

काठमाडौ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापति सत्तापक्ष र प्रतिपक्षबीच भिडन्त हुने भएको छ । सत्तापक्ष नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार बनाउने तय गरेका छन् भने प्रतिपक्ष नेकपा एमाले पनि प्रतिस्पर्धामा उत्रिने भएको छ ।

सहमतिका आधारमा प्रतिपक्षलाई सभापति दिने प्रचलन रहेपनि यसपटक सत्तापक्षले छाड्ने देखिएको छैन । सत्तापक्षबाट नेकपा माओवादी केन्द्रका नेता हरीबोल गजुरेललाई अघि सार्ने देखिएको छ । नेकपा माओवादी केन्द्रकै सांसद डोरप्रसाद उपाध्यायले पनि सभापतिका लागि दावी गरेका छन् । नेपाली कांग्रेसले भने माओवादी केन्द्रलाई सहयोग गर्ने देखिएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने सांसद पशुपति चौलागाईलाई अघि सार्ने भएको छ । संसारमा संसदीय लेखा समितिको  सभापति प्रतिपक्षलाई दिने चलन छ । संसदीय लेखा समितिलाई सरकारको काम कारवाहीको निगरानी गर्ने समितिका रुपमा लिने गरिन्छ ।

समिति ५ महिनादेखि नेतृत्वविहीन थियो । तत्कालीन सभापति जनार्दन शर्माको नेतृत्वमा गत साउन २८ मा अन्तिमपटक समितिको बैठक बसेको थियो । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हाल्न शर्माले समितिको नेतृत्व छाडेका थिए ।

अहिले समितिको नेतृत्वको भागबण्डामा आफु कमजोर हुने भन्दै माओवादीले लेखा समितिको सभापति छाड्न मानेको छैन । दलीय सहमति अनुसार कांगे्रसको ४, एमाले ४ माओवादीले केन्द्रले दुईवटा समितिको नेतृत्व गरिरहेको छ । लेखा समिति छाड्दा माओवादीसँग एक जना मात्रै रहनेछ ।

दुई दलले सभापतिमा दाबी गरेपछि लेखा समितिको सभापति चयनका लागि निर्वाचनको मिति पनि तय हुन सकेन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले दलीय भागबन्डाका आधारमा यसअघि लेखा समितिको सभापति आफ्नो दलले पाएको भन्दै नेतृत्व छोड्न नसकिने बताएका थिए । माओवादीले लेखा समितिको सभापति छोडे अर्को समिति आफ्नो पार्टीलाई दिइनु पर्ने अडान राखेको छ ।

सत्ता पक्ष र प्रतिपक्षका आ आफ्नै दावी
नेकपा एमालेले भने लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले नै पाउनु पर्ने बताउको छ । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले समितिको सभापति प्रतिपक्षी दललाई दिन माओवादी तयार हुनु पर्ने बताए ।

उनले भने,‘सरकारमा सहभागी दलले लेखा समिति राख्नु उचित हुँदैन । त्यसमा उहाँहरुले दाबी गर्नु अशोभनीय छ।’ ढकालका अनुसार बैठकमा माओवादीले आफ्नो भागमा परेका दुईमध्ये एक लेखा समिति छोडे समितिको संख्या घट्ने बताएको थियो । उसले लेखा समिति छोडे अरु समितिमा नेतृत्व पाउनु पर्ने अडान राखेको छ ।

सत्तापक्षबीच नै कुरा मिलेन
दलहरुबीच सभापतिका विषयमा कुरा नमिल्दा सभापतिका लागि बुधबार तय गरिएको निर्वाचन स्थगित भएको छ । सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रमा पनि दुईजना उम्मेदवार देखिएका छन् भने कांग्रेसले प्रतिपक्षलाई दिनुपर्ने तर्क राखेको छ ।

माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापतिमा नेता गजुरेललाई अघि सारेपनि केही नेताहरुले उपाध्यायलाई सभापति बनाउनुपर्ने अडान लिएको स्रोतले नेपालपाटीलाई बताएको छ ।

नेपाली कांग्रेसले परम्परा तोडिने भन्दै प्रतिपक्षलाई सभापति दिनुपर्ने तर्क गरेको छ । ‘हामीले अहिलेसम्मका परम्परा कायम रहनेगरि लेखा समितिको सभापति प्रतिपक्षलाई दिन भनिरहेका छौ’ कांग्रेसका एक नेताले नेपालपाटीलाई भने, ‘माओवादीभित्रै पनि दुई वटा नेताको नाम आएको छ, सत्तापक्षका दुुई दलबीच पनि कुरा मिलेको छैन त्यसकारण चुनाव रोकिएको छ ।’

मंगलबार साँझ ५ बजेसम्म सभापति पदका लागि उम्मेद्वारी दिने समय थियो । तर, मंगलबार विहान संसद सचिवालयले चुनाव स्थगित भएको जनाएको हो ।

व्यवस्थापिका संसदतर्फ अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध, सामाजिक न्याय तथा मानवअधिकार, कृषि तथा जलस्रोत विकास, महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण, राज्यव्यवस्था, वातावरण संरक्षण, सार्वजनिक लेखा र सुशासन तथा अनुगमन समिति रहनेछन् ।

2798 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom