कालापानीबारे संसदीय समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै

आइतवार, कार्तिक २४, २०७६



काठमाडौं । कालापानी र लिपुलेकबारे संसदीय सुनुवाई समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल परामर्श गर्ने भएको छ ।
सांसदहरुले कालापानी र लिपुलेकबारे प्रधानमन्त्रीको धारणा माग गरेपछि संसदीय समितिले प्रधानमन्त्री ओलीसँग भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न सोमबारको बैठकमा उपस्थितीका लागि बोलाएको हो ।

नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि भारतीय नयाँ नक्साका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोमबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata