प्रस्तावित ४ देशका राजदूतमाथि उजुरी आह्वान

बुधबार, असार ४, २०७६



काठमाडौं । संसदीय सुनुवाई समितिविशेष समितिद्वारा प्रस्तावित ४ देशका राजदूतमाथि उजुरी आह्वान गरेको छ ।

संसदीय सुनवाई विशेष समितिको बुधबार बिहान बसेको बैठकले राजदूत प्रस्तावित चारजना विरुद्ध सुनुवाइका लागि उजुरी गर्न १० दिनको समय दिने निर्णय गरेको छ ।

गत जेठ २३ गते बसेको मन्त्रीपरिषद बैठकले बंगलादेशका लागि डा. वंशिधर मिश्र, कतारका लागि डा. नारदनाथ भारद्वाज, अस्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata