संघीय संसद्को लोगोमा नेपालको नक्सा परिवर्तन गर्ने निर्णय

आइतवार, जेष्ठ ११, २०७७



काठमाडौं । संघीय संसदले यस अघि प्रयोग गर्दै आएको लोगोमा नेपालको नक्सा परिवर्तन गर्ने निर्णय भएको छ ।

राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो भित्रको नक्सा परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि सँगै अनुसार संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्का दुवै सदनका सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments