प्रतिनिधि सभाबाट दुई विधेयक पारित

शुक्रबार, असार १५, २०७५



काठमाडौं । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले दुई विधेयकहरुलाई पारित गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५’ तथा ‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धि विधेयक, २०७५’ लाई पारित गरेको हो ।

दोस्रो बैठकमा उक्त दुई विधेयकहरुलाई पारित गरियोस् कानूनमन्त्री शेरबहादुर तामाङले प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त दुबै प्रस्तावहरुलाई बैठकको बहुमतले पारित गरेको हो । बैठकमा ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५’ लाई पारित गरियोस् भनी गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानूनमन्त्री शेरबहादुर तामाङले प्रस्ताव प्रस्तुत गरेका हुन् ।

पारित हुनु पूर्व दुबै विधेयकहरु माथि सदनमा दफावार छलफल समेत भएको थियो भने विधेयक उपर परेका संशोधनहरुलाई बैठकको बहुमतले अस्वीकृत समेत गरेको थियो । प्रतिनिधि सभाको बैठक पर्सी १७ गते आईतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

165 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank