प्रतिपक्षीदल कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभाको वैठक अबरुद्ध

बुधबार, असार २०, २०७५



काठमाडौं । राष्ट्रिय सभाको आजको वैठक प्रतिपक्षीदल नेपाली कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ ।

विशेष समयमा बोल्ने क्रममा नेपाली कांग्रेसका राष्ट्रिय सभा दलका नेता सुरेन्द्रराज पाण्डेले अनसनरत चिकित्सक डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउदैँ उनको अवस्थाको बारेमा जानकारी गराउन मागे गरे गरेका छन् ।

सांसद पाण्डेले राजधानीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको सम्बन्धमा सदनलाई जानकारी गराउन माग गर्दै अनसनरत गंगामाया अधिकारीको अनसन प्रति सरकारले वेवास्था गरिरहेको तथा विभिन्न समयमा संसद उठेका समसामयिक विषयमा समेत सरकारले जवाफ नदिएको भन्दै सो विषयहरुमा सरकारको तर्फबाट स्पष्ट जवाफ नआएसम्म सदनको काम कारबाह अगाडि बढाउन नदिने बताएका थिए ।

कांग्रेस राष्ट्रिय सभा दलका नेताले बोली सके पछि कांग्रस सांसदहरुले आ–आफनो स्थानमा उभिएर विरोध जनाए पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

त्यसैगरी राष्ट्रिय सभाको आजको बैठक दोस्रो पटक पनि १५ मिनेटका लागि स्थगित भएको छ । राष्ट्रिय सभा बैठकमा आजबाट शुरु भएको विनियोजन विधेयक, २०७५ माथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई बैठकमा उपस्थित नभए पछि बैठक पुनः स्थगित हुन पुगेको हो ।

बैठकमा नेपाली कांग्रेसका सांसद बद्रि प्रसाद पाण्डेले विनियोजन विधेकय माथिको मन्त्रालयत छलफलमा सम्बन्धीत मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापात्ति गरे पछि बैठक पुन स्थगित भएको छ ।

राष्ट्रिय सभामा आज संचार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय माथिको छलफल हुने कार्यसूची रहेको छ ।

227 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank