काँग्रेसद्वारा प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग

शुक्रबार, फाल्गुन २, २०७६



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्रीद्वारा गर्ने भनिएकाे संसद् सम्बोधन स्थगित गर्न माग गरेको छ ।  सरकारको दुई वर्ष कार्यकाल पुगेको अवसरमा शुक्रवार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकबाट विशेष सम्बोधन गर्न लागेका थिए ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको हो । काँग्रेस सचेतक पुष्पा भुसाल संसद् स्थगित गर्न माग गर्दै संसद् सचिवालयमा पुगेकी हुन । उनले राष्ट्रिय सभा सदस्यको शोक पारित गर्दै संसद् स्थगित गर्न गरेको संसद् सचिवालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments