गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न संसदमा प्रस्ताव

बुधबार, माघ १५, २०७६



काठमाडौं । कानूनी रुपमा अबैध भन्दै प्रतिबन्ध लगाएको गाँजा  माथिको प्रतिबन्ध फुकुवा गर्न संसदमा प्रस्ताव दर्ता भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरूले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन ।

सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन्। मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसदहरूको माग छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments