उपसभामुखको सम्बोधन पछि प्रतिनिधि सभाको बैठक चार बजेसम्मका लागि स्थगित

तुम्बाहाम्फेद्वारा संसद सचिवालयमा राजीनामा पेश

सोमवार, माघ ६, २०७६



काठमाडौं । लामो समय देखी सुचना टाँस गर्दै स्थगित हुँदै आएको प्रतिनिधि सभाको  बैठक सम्पन्न भएको छ ।  प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले छाेटाे सम्बाेधनमा आफूले  सभामुखको  ठोस निर्णय पछि मात्र मार्ग प्रशस्त गर्ने उल्लेख गरेको स्मरण गरिन ।

उनले आफू जनजाती र महिला मार्फत उपसभामुखमा आएको बताउँदै उक्त अवसरका लागि राजनीतिक दल र संवैधानिक प्रावधान प्रति प्रशंसा समेत गरिन ।  प्रतिनिधि सभाको दोस्रो बैठक आज दिउसो चार बजे बस्ने गरि  उपसभामुख तुम्बाहाम्फेले बैठक स्थगित भएकाे घाेषणा गरेकी थिइन ।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले भनिन्,लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णयहरू जनताको सुक्ष्म निगरानीमा हुने गर्छ। दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहोदामा रहुञ्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ। उक्त ओहोदामा रहँदा दलको निर्देशनमा होइन, संविधान र कानुनी प्रबन्ध अनुसार निर्देशित भएर क्रियाशील हुन्छ।तर कसैले पनि आफ्नो जराहरू बिर्सनु हुदैँन भन्नेमा म सचेत छु।

नेकपाबाट सांसद् बनेकी उनी उपसभामुख  तुम्बाहाम्फेद्वारा संसद सचिवालयमा राजीनामा पेश गरेकि छिन । प्रतिनिधि सभाको दोस्रो बैठकको अध्यक्षता जेष्ठ सांसदद्वारा गरिने भएको छ । आजको दाेस्राे बैठकबाट सभामुख र उपसभामुखकाे चयन प्रक्रिया अघि बढाइने संसद सचिवालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments