एमसीसी र सीमा विवादबारे सरकारको धारणा माग

बुधबार, पुस १६, २०७६



काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा एमसीसी सम्झौता र सीमा विवादबारे धारणा माग गरेका छन् ।  बुधबारको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिएको हो ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले बैठकलाई सम्बोधन गर्दै एमसीसी परियोजनाका विषयमा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका हुन् । ‘‘यसको विषयामा चर्चा र विवादहरु भइरहेका छन् । सरकारले आफ्नो धारणा स्पष्ट गरेको छैन । सरकारे यसको बारे धारणा दिनु पर्ने माग गरेका छन् । साथै लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा पनि सरकारले स्पष्ट धारणा राख्नुपर्ने माग समेत गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments