सभामुख चयनबारे नेकपा भित्र अन्यौलता,संसद बैठक सुचना टाँस गर्दै स्थगित हुन सक्ने

शुक्रबार, पुस ११, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख को बन्ने भन्नेबारे अझै टुग्यो लाग्न सकेको छैन ।  सभामुख र उपसभामुख निर्वाचनका विषयमा सत्तारुढ नेकपाभित्र अन्योल देखिएसँगै आजको संसद बैठक सुचना टाँस गर्दै स्थगित हुने सम्भावना रहेको छ ।

सभामुख उम्मेदवार र उपसभामुख पद खाली गराउनेबारे नेकपा नेताहरूले निर्णय नगरेका कारण आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सभामुख निर्वाचनको कार्यसूचिमा प्रवेश गर्ने सम्भावना कम रहेको छ ।

बैठक अघि नेकपामा सहमति जुटे सभामुख निर्वाचनको कार्यतालिका प्रकाशन गर्ने संसद सचिवालयको तयारी गरेको छ । प्रतिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव सचिवालयले गरेको छ ।

प्रस्तावित कार्यतालिका अनुसार यही पुस १३ गते उम्मेदवारको मनोनयन हुनेछ । त्यसअघि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई शुक्रबार राजीनामा गर्न लगाएर प्रतिनिधिसाभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरलाई गराउने नेकपाको तयारी गरेको छ ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेका कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद खाली छ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पनि राजीनामा नदिएकाले नेकपाको नेतृत्वलाई सभामुखबारे निर्णय गर्न असहज देखिएकाे छ ।

सभामुख कसलाई बनाउने भन्नेमा नेकपा पूर्वएमाले र पूर्वमाओवादीमा विभाजित छ । अध्यक्ष केपी ओलीले पूर्वएमालेबाट सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने प्रयासमा छन । अर्का अध्यक्ष पुष्पकमल दाहालले भने आफूनिकट नेताहरूलाई पूर्वमाओवादीबाट अग्नी सापकोटालई सभामुख बनाउने पक्षमा छन् ।

यस्ताे छ आजको संसद बैठकको कार्यतालिका 

sa

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments