भूमि सम्बन्धी विधेयक बहुमतद्वारा स्वीकृत 

बिहिबार, अशोज २, २०७६



काठमाडौं । भूमि सम्बन्धी आठौं संसोधन विधेयक बहुमतद्वारा पारित भएको छ ।  विपक्षी दलका सांसदहरुको विरोधका वाबजुद पनि विधेयक बहुमतद्वारा पारित भएको हो । राष्ट्रियसभाबाट संशोधनसहित पारित विधेयक प्रतिनिधिसभाले बिहीबार बहुमतले स्वीकृत गरेको हो।

प्रतिनिधि सभाको आजको बैठकमा विधेयक माथिको छलफलमा प्रतिपक्षी दलका सांसदहरुले सुकुम्बासीको नाममा जग्गा बाड्ने मनसायले विधेयक ल्याएको आरोप लगाएका छन ।

सांसदले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमिहिन सुकुम्बासीको समस्या सम्बोधन गर्ने गरी विधेयक ल्याईएको बताएकि छन ।

सिमा निर्धारण गर्दा उद्योगहरु फस्टाउन नसक्ने भएकाले जमिनसंग जोडिएर आएका गुनासालाई सही ढंगले सम्बोधन गर्ने गरि नीतिगत रुपमा लचिलो भएको मन्त्री अर्यालले दाबी गरिन ।

बैठकले भूमि सम्बन्धी आठौ संशोधन विधेयक २०७५ बहुमतले स्वीकृत गरेको हो । साथै बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २ हजार ७५ र राहदानी विधेयक २ हजार ७५ पनि स्वीकृत गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata