काँग्रेस र राजपाको नाराबाजीपछि संसद बैठक स्थगित

सोमवार, साउन १३, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको नाराबाजी पछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ सोमबार प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपा सांसदहरुले संसदीय सर्वोच्चता कामय गर भन्दै नाराबाजी गरिरहेका थिए ।
काँग्रेस र राजपाले गत गत असार २५ गत सर्लाहीका दुई छुट्टा छुट्टै गोली काण्ड घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

सभामुख महराले सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी गरेको लगभग ४० मिनेट पछि मात्रै संसद बैठक स्थगित भएको जानकारी दिएका थिए।बैठक बुधबार ११ बजे सम्मका लागि स्थगन गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata