गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति श्रृजना हुन्छ: कांग्रेस

सोमवार, असार २, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले तत्काल गुठी विधेयक फिर्ता लिन संसद मार्फत सरकारसँग माग गरेका छन । उनले सरकारले विवादीत गुठी विधेयक फिर्ता नलिए गम्भीर  परिस्थिति सिर्जना हुने चेतावनी दिए । उनले भने, विधेयकको विरुद्धमा सडकमा चलेको आन्दोलनमा कांग्रेसले समर्थन गर्ने समेत जानकारी दिए ।

उनले नेपाल र नेपाली समाजको धार्मिक, संस्कृती , सामाजिक मुल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दाबी गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank