३ सय ३४ जना सांसदलाई ल्यापटप बाँड्ने तयारी

मङ्लबार, जेष्ठ २८, २०७६



काठमाडौं । संघीय संसदका सम्पूर्ण सदस्यलाई ल्याक्टप बाँड्ने तयारी गरेको छ ।

संघीय संसद सचिवालयका अनुसार सांसदलाई प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदलाई पेपरलेस बनाउने उद्धेश्यले ल्याक्टप बाँड्ने तयारी गरिएको जनाइएको छ ।

सचिवालयका अनुसार ३ सय ३४ जना सांसदहरुलाई एक साथ ल्याक्टप वितरण गर्ने तयारी गरेको हो । सांसदलाई ल्याक्टप वितरणका लागि संघीय संसद सचिवालयले गत जेठ १९ गते बोलपत्र आब्हान गरिसकेको छ ।

पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । ल्याक्टप खरिदका लागि राज्यकोषबाट साढे ३ करोड रकम खर्च गर्न लागेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata