सभामुख र प्रधानमन्त्रीबाट संसदीय गरिमा भएन: प्रतिपक्ष दल काँग्रेस

मङ्लबार, बैशाख २४, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले संघीय संसदका सभामुख कृष्ण बहादुर महरा र प्रधानमन्त्री केपी शर्मा ओलीले  संसदीय गरिमाको विपरित चलेको आरोप लगाएकाे  छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो प्रश्नको वास्ता नगर्दै जवाफ दिन्छु भन्ने जस्ता अभिव्यक्ति दिएको भन्दै कांग्रेस सांसदहरुले संसदमा विरोध जनाएका थिए ।

मंगलबार आव ०७६/७६ को नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख र प्रधानमन्त्रीबाट संसदीय गरिमा नराखेकाे भन्दै आरोप लगाए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकार मोनोपोलीमा चलेको आरोप लगाए ।

प्रमुख प्रतिपक्ष दलको विरोधका बावजुद सभामुखको निर्देशनमा प्रधानमन्त्री ओलीले जवाफ दिनासाथ नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बावजुद संसदको बहुमतले नीति  तथा कार्यक्रम पारित गरेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata