सासंदहरुको निजी आवास मर्मत र भाडा वापत बार्षिक खर्च ९३ लाख

सुदूरपश्चिम प्रदेश सरकार

सोमवार, पुस १६, २०७५

- पदमराज भट्ट



धनगढी । सुदूरपश्चिम प्रदेशका ३९ जना प्रदेशसभा सदस्यहरुकाे निम्ती प्रदेश सरकारले  नीजि आवास मर्मत संभार सहित भाडा वापत बार्षिक ९३ लाख खर्च गरिरहेकाे छ । उनीहरुलाई नीजि आवासमा मर्मत संभार र फर्निचर व्वस्थापनका लागि पनि थप खर्च दिईएको जनाइएकाे छ ।

८ जना मन्त्री, सभामुख, उप सभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, सत्तापक्ष र विपक्षी दलको सचेतक बाहेक वाँकी ३९ जना प्रदेश सभा सदस्यहरुले नीजि आवास मर्मत संभार र भाडा वापत बार्षिक ९३ लाख खर्च लिदै   आएका छन्। प्रदेश सरकारले बनाएको प्रदेश सभाका सदस्य तथा पदाधिकारीको सेवासुविधा सम्बन्धीको विधेयकमा आवास सुविधा वापत मासिक १७ हजार र निजि आवास मर्मत सम्भार वाफत वार्षिक ३५ हजार तथा फर्निचर खर्च वापत एकमुष्ट एक-एक लाख दिने व्यवस्था गरिएकाे छ।

सुदूरपश्चिम प्रदेशका ८ जना मन्त्री र ६ जना प्रदेशसभाका पदाधिकारी बाहेक ३९ जना प्रदेशसभा सदस्यको आवास सुविधामा मात्र वार्षिक झण्डै ८० लाख बजेट खर्च भईरहेको छ।
पाँच वर्षमा ३ करोड ९७ लाख ८० हजार खर्च हुने देखिएको छ। नीजि आवास मर्मत खर्च एक वर्षमा १३ लाख ६५ हजार र पाँच वर्षमा ६८ लाख ८२ हजार बजेट खर्च हुने भएको हो।

 फर्निचरमा ३९ लाख, प्रदेशसभा सदस्यहरुको पाँच वर्षमा आवास सुविधा, आवास मर्मत र फर्निचर खर्च सहित गरेर ५ करोड ५० लाख बजेट खर्च हुनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank