श्रीलंकाली राष्ट्रपति सिरिसेनाद्वारा संसद निलम्बन

शनिबार, कार्तिक १०, २०७५



काठमाडौं । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले त्यहाँको संसदलाई निलम्बन गरेका छन् । शुक्रबार मात्रै प्रधानमन्त्री रानिल विक्रमासिंघेलाई वर्खास्ता गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए।

उनले प्रधानमन्त्री माथि शक्ति प्रयोग गरेको २४ घण्टा नबित्तै राजनीतिक संक्रमणकाबीच संसदलाई निलम्बन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले संसदका सभामुखसमक्ष आफू प्रधानमन्त्री कायमै रहेको जिकिर गर्दै बहुमत प्रमाणित गर्न संसद बैठक आह्वान गर्न आग्रह गरेका थिए। सो आग्रहपछि राष्ट्रपतिले संसद निलम्बन गरेका हुन्।

श्रीलंकाको संसदमा सिरिसेना र राजापाक्षको पार्टीका ९५ सांसद छन् भने विक्रमासिंघेसँग १ सय ६ जना छन् । संसदमा सरकारको पक्षमा बहुमत सावित गर्न १ सय १३ को समर्थन आवश्यक पर्छ । राष्ट्रपति सिरिसेनाको उक्त कदमको चौतर्फी विरोध भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

याे पनि पढ्नुहाेस

श्रीलंकाली राष्ट्रपति सिरीसेनाद्वारा नाटकिय पारामा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपतिलाई मार्ने षड्यन्त्र गरेको आरोपमा श्रीलंकाली पूर्व डिआइजी गिरफ्तार

253 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank