निर्मला हत्याकाण्डको विरोधमा काँग्रेसद्वारा संसद अबरुद्ध

बिहिबार, भदौ २८, २०७५



काठमाडौं । प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको विरोधमा विहिबारको प्रतिनिधि सभा बैठक अबरुद्ध गरेका छन् ।

प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै समयकाे माग गर्दै प्रमुख प्रतिपक्षदलका  सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्याको बारेमा सभामुख तथा सांसदको ध्यानकार्षण गरेका थिए । त्यसपछि काँग्रेस सभासदहरु उठेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित भएको काँग्रेसले आरोप लगाएको छ ।

सभामुख कृष्णबहादुर महराले सरकारको ध्यानआकर्षण गराउदैं उपयुक्त समयमा सरकारले जवाफ दिने भनेता पनि काँग्रेसले तत्काल जवाफको माग गर्दै सरकारको विरोध जनाएका हुन् ।

भर्खरै भएको सहमती अनुसार गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्याको विषयमा जवाफ दिने सरकारको प्रतिबद्धता पछि संसद सुचारु भएको छ ।

80 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank