शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगीत

बुधबार, साउन १६, २०७५



काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ । बुधबारको बैठक पूर्व सांसद तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्यको निधन प्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

नेपाली कांग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार काठमाडौँमा ७३ वर्षको उमेर निधन भएको थियो ।

जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति भएका थिए । वि‍.स.२०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका  थिए ।

स्व.जोशीका दुई छोरा र तीन छोरी छन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । राष्ट्रिय सभाको बैठक विहिबार विहान साढे ११ बजे बस्ने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank